बर्दिया घटनामा दुई जना कारागार चलान, पाँच जना धरौटीमा रिहा

 

बर्दिया — बर्दिया जिल्ला अदालतले गत भदौ २४ को जेनजी आन्दोलनका प्रदर्शनका क्रममा अपराधिक प्रवेश तथा अपराधिक उपद्रता मुद्दामा गुलरिया–४ का रोनक पोरवार र गुलरिया–७ का अशरद पठानलाई पुर्पक्षका लागि कारागार पठाएको छ ।

Advertisement

घटनामा संलग्न पाँच जनालाई धरौटी लिई तारेखमा छाडिएको छ । एमाले,कांग्रेसको पार्टी कार्यालय, गुलरिया नगरपालिकाको कार्यालयमा तोडफोड, लुटपाट र आगजनीको आरोपमा प्रहरीले २२ जना विरुद्ध अपराधिक तथा अपराधिक उपद्रवसम्बन्धी कसुर मुद्दा दायर गरेको थियो ।

जिल्ला न्यायाधीश मनोज श्रेष्ठको एकल इजलासले सोही मुद्दामा गुलरिया–११ का सलिम गद्दीलाई ६० हजार ,गुलरिया–६ का इरफान मनिहारलाई १ लाख २५ हजार, नदिम शेष मन्सुरलाई ५० हजार, मोहम्मद जैद शेषलाई ५० हजार र राजु कुरेशीलाई १ लाख रुपैयाँ धरौटी लिई तारेखमा छाडिएको छ । श्रेस्तेदार घल्ले जनाए । अन्य आरोपी फरार छन् ।

आरोपितका तर्फबाट वरिष्ठ अधिवक्ता नरेन्द शर्मा कोइराला, अधिवक्ता ठाकुरसिंह थारु र अधिवक्ता काशिराम चौधरीले बहस गरेका थिए ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु