दक्षिण भकारी घटनास् ७ वर्षीया अनिताको जन्म दर्ता र अधिकारका लागि प्रधानमन्त्रीको चासो
रबर्दिया — बढैयाताल गाउँपालिका वडा न. ४ लक्षिण भकारीकी अन्जु थारु र उनका बुबाले आत्मा हत्या गरेको घटनाको थारु आयोगले छानबीन गर्ने चासो देखाएको छ । आयोगका कार्यत्राहक अध्यक्ष सुबोध सिंह थारुले घटना बारे छानबीन गर्ने जनाएका छन् । उनको नेतृत्वको टोली छानबीनका लागि बर्दिया आईपुगेको छ । छानबीन टोलीले स्थलगत अध्ययन, स्थानीय व्यक्तिहरुलाई भेटने र बर्दियाका सुरक्षा अधिकारीहरुसंग सोधपोछ गर्ने जनाएको छ ।
Advertisement
पतिबाट उपेक्षित बर्दिया बढैयाताल–४ की अञ्जु थारूलाई अदालतले अंश कायम गरिदिए पनि जिल्ला प्रशासन र वडाले नागरिकताका लागि सिफारिस नदिँदा पाउनुपर्ने अंश र छोरीको जन्म दर्ता नै रोकिएपछि उनले २२ कात्तिकमा आत्महत्या गरेकी थिइन् । छोरीको न्यायका लागि संघर्षरत बाबु कान्छा थारूले पनि चौथो दिन छोरीकै बाटो पछ्याउँदै आत्मा हत्या गरेका थिए ।
शनिबार प्रधानमन्त्री सुशीला कार्कीले घटनाको सत्यतथ्य बुझ्नका लागि गृहमन्त्री ओमप्रकाश अर्याललाई निर्देशन दिएकी थिइन् ।
बर्दिया भकारीमा महिला आत्मा हत्या घटनाः सत्यतथ्य छानविन गर्न समिति गठन
गृहले आइतबार सहसचिव सुरेश पन्थीको संयोजकत्वमा उपसचिव कुलशेखर अर्याल र एक जना सदस्य रहने गरी छानबिन समिति गठन गर्ने निर्णय गरेको हो । समितिलाई घटनाको निष्पक्ष र सत्यतथ्य रूपमा जाँचबुझ गरी ५ दिनभित्र प्रतिवेदन पेस गर्ने गरी समितिलाई कार्यादेश दिइएको छ ।









