बर्दिया — प्रहरीले राजापुरमा गोली काण्डमा संलग्न आरोपमा तीन जनालाई पक्राउ गरेको छ । राजापुर नगरपालिका–४ स्थित हमार थारु घर थारु रेष्टुरेन्टमा कार्यरत २७ वर्षीय निरज चौधरीलाई आईतबारगोली प्रहार गरि हत्या गरिएको थियो । प्रहरीले पक्राउ गरेका तीन जनाको परिचय खुलाएको छैन ।
Advertisement
आइतबार बिहान ८ बजे अचेत अवस्थामा थारु घर रेष्टुरेन्टमा फेला परेपछि नेपालगन्जस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाका मुख्य अभियोगी फरार रहेकोले खोजी कार्य भइरहेको छ ।
प्रहरीले थारु रेष्टुरेन्टमा सील गरेर अनुसन्धान गरिरहेको जनाएको छ । गोली हानी चौधरीको हत्या किन गरियो भन्ने बारेमा अहिलेसम्म प्रहरीले जानकारी दिएको छैन । उनको शव पोष्टमार्टम लागि नेपालगन्जमा राखिएको र रिपोर्ट आएपछि थप पुष्ट्याइँ हुने प्रहरीले जनायो ।
आफन्त भारतमा भएको र मंगलबारसम्म आइपुगेपछि पोष्टमार्टम गरिने प्रनि कार्कीले जनाए । प्रहरीले पक्राउ परेकाहरुको जानकारी पनि खुलाएको छैन ।









