बर्दिया दक्षिण भकारीमा बाबुछोरीले दिए ज्यान: छानबिन गर्न गुह मन्त्रालयको टोलि आयो बर्दियामा

काठमाडौँ —नागरिकता दिन स्थानीय निकाय र प्रशासनले ईन्कार गरेपछि बर्दियाको बढैयाताल गाउँपालिका ४ दक्षिण भकारी गाउँका बुबा र छोरीले ज्यान गुमाउनु परेको घटना बुझन गृह मन्त्रालयले गठन गरेको समिति बर्दिया आएको छ ।

महिलामाथि विभेद गरेपछि बाबु–छोरीले ज्यान दिएको घटनाको छानबिन गर्न प्रधानमन्त्री सुशिला कार्कीको निर्देशनपछि टोलि बर्दिया आएको हो ।

Advertisement

नागरिकतामाथिको विभेद सहन नसकेर २२ कात्तिकमा अञ्जुले घरमै आत्महत्या गरिन् भने सँगै न्यायको लडाइँमा संघर्ष गर्दै आएका उनका बाबु ६१ वर्षीय कान्छा थारूले पनि चार दिनपछि छोरीकै बाटो पछ्याएका थिए ।

आइतबार गठित समिति स्थलगत निरीक्षणका लागि मंगलबार बर्दिया आएको हो न

गृह प्रवक्ता आनन्द काफ्लेले घटनाको छानबिन गर्न गठित समिति बर्दिया प्रस्थान गरेको जानकारी दिए । गृहका सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा मन्त्रालयकै उपसचिव कुलशेखर अर्याल र बर्दियाका सहायक सीडीओ अशोककुमार भण्डारी सदस्य रहेको छानबिन समिति गठन भएको छ । समितिलाई घटनाको निष्पक्ष र सत्यतथ्य जाँचबुझ गरी पाँच दिनभित्र प्रतिवेदन पेस गर्न कार्यावधि र कार्यादेश तोकिएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु