बुटवल — गुल्मीको चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरमा बिहीबार दिउँसोदेखि हराईरहेकी १५ वर्षीया मनीषा रुचाल हुग्दी खोलामा शुक्रबार बिहान डुबेको अवस्थामा फेला परेकी छन् ।
Advertisement
चन्द्रकोट इलाका प्रहरी कार्यालयका प्रमुख रामविलास यादवले किशोरीको शव हुग्दी खोलाको पानीमा डुबिरहेको अवस्थामा फेला परेको बताए ।
किशोरी स्थानीय उदय माविमा कक्षा ९ मा अध्ययनरत थिइन् । बिहीबार खेतमा आमासँगै धान काटिरहेको र ११ बजे तिर खेतालाले सुर्ती किन्न पठाएपछि नजिकैको बजारमा गएकी थिइन् । सुर्ती किनेर फर्केकी उनी त्यसलगत्तै बेपत्ता भएको र बिहान शव भेटिएको हो ।









