भारतमा बस दुर्घटना: चार जनाको मृत्यु, ५० भन्दा बढी घाइते

शिलापत्र- उत्तरी भारतको एक्सप्रेसवेमा मंगलबार बाक्लो कुहिरोको बीचमा सातवटा बसहरू एकअर्कासँग ठोक्किएर आगलागी हुँदा कम्तिमा चार जनाको मृत्यु हुनुका साथै ५० जनाभन्दा बढी घाइते भएको स्थानीय प्रहरीलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ ।

प्रहरीले मथुरा जिल्लाको दिल्ली–आगरा एक्सप्रेसवेमा बसहरूको ठक्करको कारणले उनीहरूको ज्यान गएको जनाउँदै घटनाको पुष्टि गरेको छ । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

Advertisement

सामाजिक सञ्जालमा राखिएको भिडियो फुटेजमो गाडीबाट ठूलो आगो निस्किएको देखाइएको छ ।

घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्ने सम्भावना रहेकको बताइएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु