काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास गरेकी छन् । प्रहरीले उद्धार गरेर उनलाई पाटन अस्पतालमा उपचारका लागि पठाएको छ।
Advertisement
को प्रहरीले स्रोतका अनुसार कोष तथा लेखा नियन्त्रक कार्यालयमा कार्यरत अधिकृत प्रमोद मैनाली प्रतिवादी भएको मुद्दामा अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपछि उनले आत्महत्याको प्रयास गरेकी हुन । अदालत परिसरमै उनले किटनाशक विषादी सेवन गरेकी थिइन् ।
यसअघि काठमाडौं जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएपछि ती युवती पाटन पुगेकी थिइन् । पाटनले पनि धरौटीमा छाड्न आदेश दिएपछि उनले आत्महत्या प्रयास गरेकी हुन् ।









