मधेशका ३१ घुमुवा हटाइयो

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालयले मधेशका आठ जिल्लामा खटिएका ३१ घुमुवालाई हटाएको छ ।

घुमुवाका बारेमा गुनासोहरू आउन थालेपछि हटाइएको प्रदेश प्रहरी कार्यालयले बताएको छ । घुमुवाका नाममा असुली गर्नेदेखि धाकधम्की दिनेको गरेको गुनासो तराईका जिल्लाहरूमा व्याप्त छ ।

Advertisement

प्रहरी संगठनभित्रै शुद्धीकरण गर्ने योजनाअनुसार ३१ घुमुवालाई हटाइएको मधेश प्रदेश प्रहरी कार्यालयका डीआईजी गोविन्द थपलियाले बताए ।

उनका अनुसार हटाइएका घुमुवा प्रहरीको भूमिकाबारे थप आन्तरिक अनुसन्धानसमेत अघि बढाइएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु