विराटनगरका दुई क्यासिनो सञ्चालसहित २० जना पक्राउ

विराटनगर। प्रहरीले विराटनगरमा सञ्चालित दुई वटा क्यासिनोका सञ्चालकसहित २० जना नेपाली नागरिकलाई पक्राउ गरेको छ । लामो समयदेखि नेपालीहरुलाई प्रवेश दिएर जुवा खेलाउने गरेको गुनासो आइरहेको बेलामा प्रहरीले गएराति छापामारेर नेपालीहरुलाई रंगेहात पक्राउ गरेको हो । क्यासिनोमा नेपाली नागरिक खुलेआम खेलिरहेको भेटाएपछि प्रहरीले दुवै क्यासिनोका सञ्चालकलाई पनि पक्राउ गरेको हो ।

 

Advertisement

राति ११ बजे गरिएको उक्त कारबाहीका क्रममा गोल्डेन क्यासिनोका सञ्चालक लोकेन्द्र बहादुर बस्नेत र च्याम्पियन जोन क्यासिनोका सञ्चालक रामकृष्ण गौतम पक्राउ परेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु