तराईमा बाक्लो हुस्सु र कुहिरो केही दिन कायम रहने

 

काठमाडौँ —तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही दिन लम्बिने भएको छ ।

Advertisement

 

जल तथा मौसम विज्ञान विभागले बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने भएकाले आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ । विभागले जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पार्नसक्ने उल्लेख गरेको छ ।

विभागका मौसमविद् हरिप्रसाद दाहालले आगामी तीन दिनमा उल्लेख्य सुधार हुने सम्भावना नरहेकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातलगायत क्षेत्रमा प्रभाव पर्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको बताए ।

मौसमविद् दाहालले मुख्यगरी पानी पर्ने प्रणाली नभएको पश्चिमी वायु सक्रिय हुन नसकेकाले हुस्सु कुहिरो थप बढेको हो ।

मौसमविद्हरुले यस्तो अवस्थामा न्यानो भएर बस्न तथा तातो खानेकुरा खान सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु