दाङमा फरार प्रतिवादी खोजतलास अभियान

दाङ । जिल्ला प्रहरी कार्यालय दांगले फरार प्रतिवादी खोजतलास अभियान सञ्चालन गरेको छ । अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन उक्त अभियान सन्चालन गरिएको हो ।

यसक्रममा एक साताको अवधिमा २७ जना फरार प्रतिवादी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिनुभयो ।

Advertisement

उहाँका अनुसार यही पुस १ देखि पुस ७ गतेसम्म जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी टोली खटिएर गरिएको खोजतलासका क्रममा विभिन्न मुद्दाका २७ जना फरार प्रतिवादी पक्राउ परेका हुन् ।

प्रवक्ता शाहका अनुसार पक्राउ परेका प्रतिवादीहरूबाट जम्मा रु तीन लाख ७६ हजार ८५३ जरिवाना असुल गर्नुपर्ने देखिएको छ ।

साथै उनीहरूलाई जम्मा चार वर्ष छ महिना १५७ दिन कैद सजाय तोकिएको छ । पक्राउ परेका प्रतिवादीलाई फैसला कार्यान्वयनका लागि दाङ देउखुरी जिल्ला अदालतमा पठाइएको पनि प्रवक्ता शाहले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु