बारबर्दियामा फेरि चितुवाको आक्रमणमा परी एक महिलाको मृत्यु

बर्दिया — चितुवाको आक्रमणमा परी बारबर्दिया नगरपालिका–१० ्की ५५ वर्षीया पार्वती डाँगीको मृत्यु भएको छ । बर्दिया प्रहरीका अनुसार बुधबार दिउँसो थानफेना सामुदायिक वनमा स्याउला लिन गएकी डाँगीलाई चितुवाले आक्रमण गरेको थियो ।

स्याउला काटिरहेका बेला चितुवाले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु