नेपालगन्ज — हुस्सु र शीतलहरले नेपालगन्जको जनजीवन प्रभावित बन्दै गएपछि बाँकेको नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।
Advertisement
कोहलपुर नगरपालिकाले विद्यालयको पठनपाठन दुई दिनm खजुरा गाउँपालिकाले पुस ९ र ११ गते बिदा दिने निर्णय गरेको हो । पुस १० गते ख्रिष्टमस र १२ गते शनिबार परेकाले दुई दिनको बिदाले चार दिनसम्म विद्यालय बन्द हुनेछन् ।
नेपालगन्ज उपमहानगरपालिकाले भने पुस ११ गतेदेखि १४ गतेसम्म विद्यालय बिदा दिने निर्णय गरेको छ ।









