बर्दिया —बाँसगढी नगरपालिका–४ मटेरियामा बिहीबार बिहान मोटरसाइकल दुर्घटनामा परी चालक बाँसगढी नपा–६ का २७ वर्षीय राजेश थारुको मृत्यु भएको छ । दुर्घटनापछि उनि गम्भिर घाइते भएका थिए ।
Advertisement
महेन्द्र राजमार्गमा पश्चिमबाट पूर्वतर्फ रोकिरहेको सुप्रप ०२००१ ख ११८८ नम्बरको ट्रकमा भे ११ प ४६३१ नम्बरको मोटरसाइकल रोकिरहेको ट्रकमा ठोक्किएको प्रहरीले जनाएको छ ।
ट्रक चालक बझाङको बंगल गाउँपालिका–३ का २५ वर्षीय एघराज धामीलाई ईलाका प्रहरी कार्यालय, बाँसगढीले नियन्त्रणमा लिएको छ ।









