गुलरिया— अन्तर जातीय विवाह गरेको विषयलाई लिएर गुलरिया नगरपालिका–१० बाजी प्रसियामा अज्ञात समूहले बिहीबार राति सद्दाम बेहनाको टायलले छाएको घरमा आगजनी गरेका छन् ।
Advertisement
आगजनीबाट घर पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ । बर्दिया प्रहरीका सूचना अधिकारी एवं डीएसपी देवेन्द्रकुमार मल्लका अनुसार राति पौने ९ बजे आगजनीको सूचना पाउनासाथ सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
आगजनी गर्ने समूहको खोजी तीव्र पारिएको डिएसपी मल्लले जनाए ।









