श्रीमतीलाई पेट्रोल छर्किएर आगो लगाउने व्यक्ति पक्राउ

 

सुनसरी — सुनसरीको दुहबी नगरपालिका–३ मुक्तिनाथ मन्दिर क्षेत्रमा बस्ने ३३ वर्षीय मुस्तफा सेखले २८ वर्षीया श्रीमती खुस्बु खातुनलाई बिहीबार शरीरमा पेट्रोल छर्किएर आगो लगाएका छन्।

Advertisement

 

इलाका प्रहरी कार्यालय दुहबीका अनुसार घरायसी वादविवादका क्रममा मुस्तफाले श्रीमतीको शरीरमा पेट्रोल खन्याएर आगो सल्काएका थिए ।

आगोले जलेर गम्भीर भएकी ती महिलाको त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बिहीबार साँझ विराटनगरस्थित पारस अस्पताल भर्ना गरिएको इलाका प्रहरी कार्यलय दुहबीले जनाएको छ । घाइतेको दुवै हात, घाँटी, छाती र अनुहार जलेको छ । आफ्नै श्रीमतीलाई जलाउने मुस्तफालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनलाई अहिले इलाका प्रहरी कार्यालय दुहबीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु