मोरङमा गाँजा तस्करी रोक्न हवाई फायर, दुई भारतीय पक्राउ

 

मोरङ । नेपाल–भारत सीमा क्षेत्रमा पर्ने मोरङको जहदा गाउँपालिकामा गाँजा ओसारपसारमा संलग्न समूहलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले हवाई फायर गरी ३३० किलो गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ ।

Advertisement

शनिबार राति जहदा गाउँपालिका–२ तारिगामाबाट नेपालबाट भारततर्फ गाँजा लैजाँदै गरिएको गोप्य सूचनाका आधारमा प्रहरीले अपरेसन चलाएको हो । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालको निर्देशनमा जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्स्पेक्टर सरोज खनालको नेतृत्वमा टोली परिचालन गरिएको थियो ।

प्रहरी टोली पुग्दा केही व्यक्तिहरू टाउकोमा गाँजाका बोरा बोकेर सीमा पार गराउने प्रयासमा रहेको अवस्थामा देखिएका थिए । प्रहरी देख्नासाथ तस्करीमा संलग्न समूहले बोरा छाडेर भाग्न खोजेपछि नियन्त्रणका लागि प्रहरीले ठुलो चाइनिज पेस्तोलबाट एक राउण्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु