झुठो विवरणबाट नागरिकता दिलाउने वडाध्यक्ष पक्राउ

जनार्जन खत्री

सर्लाही। प्रहरीले सर्लाहीको मलङ्गवा नगरपालिका –७, का वडाध्यक्ष मो. इशा मिकरानीलाई आइतबार पक्राउ गरेको छ ।

Advertisement

मिकरानीलाई नागरिकतासम्वन्धी कसूर मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी सरोज राईले जानकारी दिनुभयो । वडाध्यक्ष मिकरानीले रामविश्वास रायलाई झुठो विवरणको आधारमा नागरिकता दिलाएको कसुरमा अनुसन्धानका लागि प्रहरीले आइतबार दिउँसो नियन्त्रणमा लिएको हो ।

मिकरानीविरुद्ध आइतबार नै सर्लाही जिल्ला अदालतबाट दुई दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको डिएसपी राईले बताउनुभयो । झुठो विवरणको आधारमा नागरिकता जारी भएको विषयमा वडाध्यक्ष मिकरानीको समेत संलग्नता रहेकाले पक्राउ गरेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय सर्लाहीले गएको बैशाख २२ गते नै निर्देशन दिएको थियो । गोरखापत्र अनलाइन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु