विराटनगर । पबीमायाले रक्सी नखान भन्दै सम्झाउँदा उनकै ज्वाइँ ४० वर्षीय गणेश साह गुप्ताले हत्या गरेको आरोपमा पक्राउ परेका छन् । गुप्ताले टाउकोमा हिर्काएर सासुको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
दुई सन्तानका बुबा र सवारी चालक ज्वाइँलाई मदिरा सेवन नगर्न भनेर सासूले सम्झाउन खोज्दा हत्या गरेको पाइएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Advertisement
पबीमायाले ज्वाइँलाई रक्सी नखान भन्दै सम्झाएकी थिइन् । सुरुमा सासूले सम्झाउँदा सुनिरहेका उनले पछि ट्युबेलको ह्याण्डलले टाउकोमा प्रहार गरेका थिए । सासूमाथि आक्रमण गरी भाग्दै गर्दा इटहरीबाटै उनलाई पक्राउ गरेको डिएसपी खड्काले बताए ।









