पानीमा डुबेर तीन वर्षीय बालकको मृत्यु

सुरुङ्गा (झापा) । झापा गाउँपालिका–२ सडकवारीमा पानीमा डुबेर आज एक बालकको मृत्यु भएको छ ।

घरअगाडि बनेको खाल्डोमा खेल्ने क्रममा डुबेर घाइते भएका बालकको उपचारका क्रममा मृत्यु भएको हो ।

Advertisement

 

स्थानीय दिनेश कँडेलका तीन वर्षीय छोरा दिवांस कँडेल आज अपराह्न घरअगाडि पानी जमेको खाल्डोमा डुबेका थिए ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले बालकलाई तत्काल बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएकामा उपचारका क्रममा मृत्यु भएको बताए । रासस

 

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु