लुम्बिनी सरकारले स्वास्थ्यकर्मीसहितको टोली जाजरकोट पठायो

 

बुटवल — जाजरकोटको रामीडाँडाँ आसपासलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति गएको भूकम्पमा प्रभावितहरूको उपचार र उद्धारका लागि लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यकर्मीसहितको टोली पठाएको छ ।

Advertisement

 

राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङका मेडिकल सुपरिटेडेन्ट डा. पदमराज अधिकारीको नेतृत्वमा २० जना स्वास्थ्यकर्मी र औषधीसहितको टोली जाजरकोट र रुकुमका लागि पठाएका हुन् ।

टोलीमा अधिकांश सरकारी अस्पतालहरूका स्वास्थ्यकर्मी र केही निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी पनि रहेका छन् । औषधिसहित खटिएको टोली दाङबाट जाजरकोटका लागि प्रस्थान गरिसकेको मुख्यमन्त्री चौधरीले बताए ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु