जाजरकोट भुकम्प: उपचारकाक्रममा भेरि अस्पतालमा एकको मृत्यु

 

नेपालगन्ज : जाजरकोट भुकम्पमा परि घाइते भै उपचारका लागि नेपालगन्ज ल्याइएका जाजरकोटका टेकबहादुर पुनको नेपालगन्जास्थित भेरी अस्पतालमा मृत्यु भएको छ ।

Advertisement

अस्पतालका सूचना अधिकारी डा. संकेत रिसालले अचेत अवस्थामा ल्याईएका उनको अस्पताल पुर्याइएकोमा मृत्यु भएको पुष्टी गरे । घाइते अन्य २६ जनाको भेरी अस्पतालमै उपचार भइरहेको छ ।

अस्पतालमा घाइतेहरु आउने क्रम चलिरहेको छ । भेरी अस्पताल परिसरमा ठुलो संख्यामा चिकित्सक, स्वास्थ्यकर्मी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी परिचालन भएका छन् । भुकम्पका घाइते ८० जना सम्मलाई भेरी अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु