गुलरिया । बर्दियामा चितुवाको आक्रमणबाट आज बिहान दु बारबर्दिया नगरपालिका ६, मनिकापुरका ५३ वर्षीय जलवीर थारू र २५ वर्षीय ईश्वर थारू घाईते भएका छन् । उनीहरुलाई मनिकापुर नगरअस्पताल नजिकै चितुवाले आक्रमण गरेको स्थानीयले जनाएका छन् । बाटोमा हिँडिरहेको समयमा चितुवाले आक्रमण गरेको हो ।
घाइते इश्वरको बाँया खुट्टाको पैताला र जलवीरको ढाडमा चोट लागेको छ ।
Advertisement
पछिल्लो समयमा बर्दियामा चितुवाको आक्रमण बढ्दै गएको छ । चालु आर्थिक वर्षमा चितुवाको आक्रमणबाट ६ जनाको मृत्यु भएको छ । करिब १२ जना घाइते भएका छन् ।









