नेपालगन्ज । जाजरकोट भुकम्पमा परि घाइतेहरुको संख्या बढेको भन्दै भेरी अस्पताल परिसरमा ठुलो संख्यामा चिकित्सक, स्वास्थ्यकर्मी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी परिचालन भएका छन् । भुकम्पका घाइते ८० जना सम्मलाई भेरी अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाइएको छ ।
यस्तै नेपाली सेनाको अस्पतालमा २० र नेपाल प्रहरी अस्पतालमा ५ गरि कुल १ सय ५ जनाको लागि बेड छुट्याइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।
Advertisement
घाइतेहरुलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज र शिक्षण अस्पताल कोहलपुर, वेष्टर्न अस्पताल लगायतलाई पनि विकल्पका रूपमा राखिएको छ । जाजरकोट र रुकुम पश्चिमबाट हेलिकप्टर र जहाजमार्फत थप घाइतेलाई ल्याउन लागिएको बताइएको छ ।









