बर्दिया — पुस १५ गते मधुवन नगरपालिका–२ कोठिया गाउँकी १७ वर्षीया विनिता परियारको ज्यान लिने बाघ नियन्यत्रण गर्नका लागि बर्दिया राष्ट्रिय निकुञ्जले दुई वटा हात्ती र प्राविधिक टोलीसहित नेपाली सेना परिचालन गरेको छ ।
खाता जैविक मार्गको पत्थरबोझी क्षेत्रमा बाघको खोजी गरी नियन्त्रणमा लिन संयुक्त टोली खटिएको हो ।
केही महिनायता हात्ती, बाघ, चितुवाले मानिसको ज्यान लिन थालेपछि स्थानीय त्रसित भएका छन् ।









