बेड अभावका बीच प्रसूति सेवा प्रदान गर्दै भेरी अस्पताल

नेपालगन्ज : बाँकेकाे भेरी अस्पतालमा यतिवेला विरामीकाे चाप बढेकाे  छ । पश्चिम नेपालकै एक मात्रै उत्कृष्ट अस्पतालका रूपमा रहेकाे भेरीमा विरामीकाे चाप बढेपछि आबश्यक जनशक्ति परिचालन गरेर सेवाग्रााहीमैत्री व्यवहार र सहज उपचार अस्पतालले प्रवाह गर्दै आएकाे छ ।
विरामीले डायलासिस, इमर्जेन्सी, प्रसुती, अर्थाे लगायतका वाडहरु भरिभराउ हुने गरेेेका छन ।  यसरी बिरामीकाे चाप बढेपनि  अस्पतालले    बेडकाे अभावमा  खाली ठाउँ र काेलियामा राखेरै पनि उपचार दिने गरिएको अस्पतालका मेसु निराजन सुवेदी बताउँछन् ।

अस्पतालकाे प्रसुती वाडमा  रहेका १० वटा बेडमा दैनिक २८/३० जना विरामीकाे बेडमा र थप विरामीलाई बेड अभावमै पनि बाहिर काेलियामै उचित व्यवस्थापन गरि उपचार गरि सेवा दिने गरिएको छ ।
अस्पतालमा बेड अभाव रहेछन तर, अस्वतालले बाहिर राखेर भए पनि उपचार थर्ने गरेकाे छ दैलेखबाट उवचारका लागि आएका धिरज रेग्मीले भने ” काेलियामै भए पनि उपचार पाइएकाे छ, डाक्टर र नर्सले नियमित जिरामी हेर्ने र कुरुवालाई  उचित सल्लाह, परामर्श दिने गरेका छन ।
पश्चिम नेपालकै रिफरल सेन्टर भएकोले यहाँ कर्णाली, सुदुरपश्चिम र लुम्बिनी प्रदेशका ३१ जिल्लाकाे उपचार केन्द्र हुदा निजि अस्पतालमा आमा सुरक्षा कार्यक्रम हटेपछि लगभग एक बर्षदेखि भेरी अस्पतालमा सुरक्षित सुत्केरी सेवा  लिन आउनेकाे भीड हुने गरेकाे  चिकित्सकहरु बताउँछन् ।
बर्दिया जिल्लामा समेत चिकित्सक नहुँदा भेरीमै विरामी आउन थालेपछि विरामीकाे संख्या झन बढेकाे स्त्री तथा प्रसुती विभागीय प्रमुख  डाक्टर   उर्मिला पराजुली बताउछिन ।भेरी अस्पतालले गएको आर्थिक बर्षकाे पहिलाे पाँच महिनामा   सामान्यतर्फ १ हजार ८ सय ३४, सल्यक्रियाद्वरा सुत्केरी ७ सय ८ जना, भ्याकुम डेलिभरी ९८ गरि जम्मा २ हजार ६ सय ४० जना लाई सेवा प्रवाह गरेकाे थियाे ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु