जाजरकोटमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

 

जाजरकोट । जाजरकोटको छेडागाड नगरपालिका ८ घोगीदेखि थलह जाने क्रममा नाउरीघाट भन्ने स्थानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी सोही स्थानका २५ वर्षीय राजु अधिकारी र ६५ वर्षीय नन्दकला अधिकारीको मृत्यु भएको छ ।

Advertisement

जीपमा चालकसहित पाँच जना यात्रु सवार रहेकोमा अन्य दुई जना यात्रु र चालक घाइते छन् ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी वसन्तकुमार शर्माले दुर्घटनामा दुई जनाको मृत्यु हुनुका साथै अन्य घाइते भएको खबर स्थानीयले गरे लगत्तै प्रहरी घटनास्थलतर्फ लागेको र विस्तृत घटना विवरण आउन बाँकी रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु