यहाँसम्म कसरी आइपुग्यो कांग्रेस बिबाद?

बिबिसि । भदौमा भएको जेन जी आन्दोलनपछि असोज मसान्तमा नेपाली कांग्रेसका कुल महाधिवेशन प्रतिनिधिहरूमध्ये ५४.५८ प्रतिशतले हस्ताक्षर गरेर विशेष महाधिवेशन माग गरेका थिए।

आइतवारसम्म उक्त प्रतिशतभन्दा पनि धेरै ५७.३९ प्रतिशत प्रतिनिधि भृकुटीमण्डपमा आइपुगेको आयोजकहरूले दाबी गरेका थिए। सोमवार त्यसमा छ प्रतिशत सङ्ख्या अझै थपिएको आचार्यले बताएका छन्।

Advertisement

कांग्रेसको विधानअनुसार ४० प्रतिशत प्रतिनिधिहरूले मागेको खण्डमा विशेष महाधिवेशन हुन सक्छ भने त्यहाँ वैधानिक निर्णय गर्न ५१ प्रतिशतको आवश्यकता पर्छ।

पार्टीको विशेष महाधिवेशन माग गर्दै गत असोजमा हस्ताक्षर बुझाएका प्रतिनिधिहरूले पार्टीको नेतृत्व परिवर्तन, नीतिगत पुनरवलोकन, पछिल्लो राजनीतिक घटनाक्रमको गम्भीर समीक्षा र संरचनागत परिवर्तनका निम्ति विधान संशोधन गरी चार विषयलाई मुख्य ‘अजेन्डा’ बनाएका थिए।

देउवापक्षीय नेताहरूको बहुमत भएको पार्टीको केन्द्रीय कार्यसमितिले चाहिँ विशेषभन्दा नियमित महाधिवेशनमै जोड दियो र पुस मसान्तमा नियमित महाधिवेशन गर्ने भन्यो।

तर करिब दुई साताअगाडि केन्द्रीय कार्यसमितिको बैठकले आमचुनावको मुखमा नियमित महाधिवेशन गर्न नभ्याइने तर्क गर्दै वैशाखमा १५औँ महाधिवेशन गर्ने निर्णय गर्‍यो।

त्यसपछि नियमित महाधिवेशन नहुने हो भने विशेष महाधिवेशनको माग गरिएको विषय स्वत: क्रियाशील हुने भन्दै महामन्त्रीद्वय थापा र शर्माले भृकुटीमण्डपमा नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन डाकेका थिए।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु