Advertisement
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सहभागि हुनकाठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजीनामा दिएका छन् ।
मेयर शाहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् । दिउँसो १ बजे नै पुग्ने भनिए पनि उनी राजीनामा लगायतका विषयमा दोधारमा परेपछि केहीबेर ढिलो भएको थियो ।
रास्वपा प्रवेश गरेर बालेनले झापा–५ बाट निर्वाचन लड्ने तयारी गरेका छन् । हाल उनी रास्वपाका वरिष्ठ नेता हुन् ।
रास्वपा कार्यालयमा बालेनलाई स्वागत गर्ने कार्यक्रम रहेको छ । लगत्तै, उनी आजै जनकपुर जाने कार्यक्रम रहेको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।









