बर्दिया प्रशासनद्धारा हतियार बुझाउन सर्वसाधारणमा आग्रह

बर्दिया — निर्वाचनको सुरक्षालाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय,बर्दियाले माघ मसान्तभित्र अनिवार्य रुपमा हात–हतियार बुझाउन सर्वसाधारणमा अनुरोध गरेको छ । प्रहरीले नजिकको प्रहरी चौकी, ईलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयमा हतियार बुझाउन अनुरोध गरेको हो ।

फागुन २१ गते हुने निर्वाचनलाई मध्यनजर गर्दै ईजाजत प्राप्त हात–हतियार भएकाहरुलाई हतियार बुझाउन आग्रह गरिएको हो ।

Advertisement

आफ्नो नाममा राखेको बन्दुक,राइफल,रिभल्वर,पिस्तोल लगायत गोली गट्ठा,माघ मशान्तभित्र बुझाउन आग्रह गरिएको छ ।

अवाञ्छित गतिविधि,हिंसा,डरत्रास, वा दुरुपयोगको संभावनालाई न्यूनीकरण गर्न यस्तो कदम चालिएको कार्यालयले जनाएको छ । बुझाइएको हातहतियार अनिवार्यरुपमा भपाई९रसिद० लिन जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार निर्वाचन प्रक्रिया सम्पन्न भइसकेपछि ०८२ चैत २० गते सम्बन्धित धनीले उपस्थित भई भर्पाईको आधारमा हतियार बुझिलिन पाउनेछन् ।

 

प्रमुख जिल्ला अधिकारी गगन बहादुर हमालले तोकेको समयमा हतियार नबुझाए प्रचलित कानुन बमोजिम कारवाही गरिने बताए ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु