बर्दियामा बर्षा

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । २०८२ माघ १४ गते दिउँसो
देशको उच्च पहाडी तथा हिमाली भू‍-भागमा पूर्णतया बादल लाग्नेछ र बाँकी पहाडी र तराईका भू-भागमा साधारणतया बादल लाग्नेछ ।

देशको उच्च पहाडी तथा हिमाली भू‍-भागका केही स्थानहरूमा मध्यम हिमपात/वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी भू-भागका केही स्थानहरूमा मध्यम वर्षा तथा कोशी प्रदेशका पहाडी भू-भाग र मधेश प्रदेशका थोरै स्थानहरूमा र कोशी प्रदेशको तराईको एक-दुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ ।

Advertisement

आज राती
देशको पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍-भागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु