मतदाताको गोपनीयता भंग नगर्न आग्रह

जिल्ला प्रशासन कार्यालय फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जालबाट ‘कुन पार्टी र चुनाव चिह्नमा मतदान गर्नुहुन्छ’ भनेर प्रश्न सोधी मतदाताको गोपनीयता भंग नगर्न आग्रह गरेको छ ।

निर्वाचन आचारसंहिता अनुगमन अधिकृतले विज्ञप्ति जारी गर्दै उक्त आग्रह गरेका हुन् । केही अनलाइन सञ्चारमाध्यमले सर्वसाधारण तथा मतदाताहरुसँग कुन दल, उम्मेदवार र निर्वाचन चिह्नमा मतदान गर्नुहुन्छ भन्ने प्रश्न गरी मतदाताको गोपनीयता भंग गर्ने कार्य भइरहेको जानकारी प्राप्त भएकाले त्यसलाई रोक्न सार्वजनिक सूचना गरिएको निर्वाचन आचारसंहिता अनुगमन अधिकृतले बताए ।

Advertisement

त्यसरी मतदाताको गोपनीयता भंग गर्ने र गराउने कार्य निर्वाचन आचारसंहिता २०८२ को दफा ४ (द) बमोजिम आचारसंहिता उल्लङ्घन हुनेसमेत प्रशासनले स्पष्ट पारेको छ । यदि कसैले अटेर गरी आचारसंहिता उल्लङ्घन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाइनेसमेत जनाइएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु