अमित— नेपाली फिल्म ‘शिवांश’का लागि भारतीय गायक कैलाश खेरले आवाज दिएका छन् । फिल्ममा समावेश ‘शिव ताण्डव’मा कैलाशको स्वर सुन्न सकिने निर्माण पक्षले जनाएको छ ।
यही फागुन १ देखि प्रदर्शनमा आउने फिल्मको हालै पोस्टर पनि सार्वजनिक गरिएको छ । पोस्टरमा प्रवीण खतिवडादेखि तेज गिरी, रुसा न्यौपाने, बिमला लिम्बू, विकाश जोसी देखिन्छन् ।
Advertisement
महाशिवरात्रिको छेकोमा पारेर फागुन १ मा प्र दर्शन हुने फिल्मबारे खेरले भिडियो सन्देश पनि पठाएका छन् । भिडियोमा नेपाल- भारतको सम्बन्धबारे उनले चर्चा गरेका छन् । ‘नेपालका फ्यानहरुले मलाई र मेरा गीतहरुलाई जुन प्रकारको प्रेम दिनुहुन्छ, त्यसका लागि म कसरी आभार व्यक्त गरुँ शब्द छैन,’खेरले भनेका छन् ।
सन्तोष कुमार आत्रेयको डेब्यू निर्देशनमा बनेको यो फिल्ममा अन्य कलाकारहरु प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टीका निरौलालगायतको अभिनय छ । फिल्ममा कवि विप्लव प्रतीक र राजनराज शिवाकोटीको गीतरचना छ । फिल्ममा संगीत न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको छ ।
मिलन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको यो फिलम्मा विक्रम चोहानको कोरियोग्राफी, सरद महतोको छायांकन छ ।









