नेपालगन्ज गुलरीया फोनलेन सडकमा ईटाका कल्भर्ट र पुल निमार्ण हुँदै

भदौ २४, २०८० बर्दिया । नेपालगन्ज गुलरीया हुलाकी सडक खण्डमा निमार्ण भईरहेका पुल र कल्भर्ट ढलानबाहेक जग र पीलरमा ईटा प्रयोग गरेको पाइएको छ । ठूला पुलको जग र पीलर निमार्णमा ईटा प्रयोग हुँदा स्थानीयले गुणस्तरमा शंका उत्पन्न गरेका छन् । समान्य कल्भर्ट निमार्ण गर्दा आरसीसी पीलर (गीट्टी, मोरगको कंक्रिट देखेका स्थानीयले हुलाली सडक खण्डमा भने ईटा प्रयोग भएको देख्दा आश्चर्य जनाएका छन् ।
सडक बिस्तारको काम शर्मा एण्ड कम्पनीले पाएको छ ।

नेपालगन्ज गुलरीया सडक बिस्तारका क्रममा एक सय बढी कल्भर्ट र पुल निमार्ण भइरहेका छन् । कैयो कल्भर्ट निमार्ण भइसकेको छ । बर्दियामा भने धमाधम कल्भर्ट निमार्णका क्रममा छन् । सबै कल्भर्टमा ईटा प्रयोग भइरहेको छ । फोरलेनका लागि निमार्ण भइरहेका कल्भर्ट पनि ईटाकै प्रयोग गरिएको छ ।
सडक डिभिजन कार्यालय नेपालगन्जका अनुसार निमार्ण कम्पनीसंग सम्झौता हुँदा कल्भर्ट निमार्णमा ईटा नै प्रयोग हुने शर्त उल्लेख गरेको जनाएको छ । ईस्टीमेट अनुसार नै कल्भर्टको गुणस्तर हेरेर निमार्ण भईरहेको छ, एक ईन्जियरले भने ।


यसैगरी प्रारम्भिक चरणमा माटो पटान, नाली निर्माण र ग्रावेल गर्ने काम समेत द्रुतगतिमा अघि बढेको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जका ईञ्जिनियर कृष्ण पाण्डेले नेपालगञ्ज गुलरिया सडक खण्ड विस्तार हालसम्म द्रुतगतिमा निर्माण कार्य अघि बढेको बताए । एक वर्षभित्रै काम सम्पन्न गर्ने निर्माण कम्पनीले प्रतिवद्धता जनाएको छ ।’

आगामी बजेटको सिलिङ समेत घटेकाले निर्माण कम्पनीले लिएको लक्ष्यअनुसार समयमै काम हुने अवस्था भने नभएको कार्यालयले जनाएको छ । नेपालगञ्ज–गुलरीया करिब ३३ किलोमिटर सडक स्तरोन्नतिका लागि दुई अर्ब ६९ करोडमा शर्मा एण्ड कम्पनीले निर्माणको जिम्मा पाएको थियो ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु