बैतडीमा जन्ती बस दुर्घटना

बैतडी — बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परेको छ । जन्ती बोकेर बझाङतर्फ जाँदै गरेको बस बैतडीको पुर्चौडी नगरपालिका–७ स्थित बडूगाउँ मोडमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रहरीका अनुसार बझाङको बित्थडचिर गाउँपालिकाबाट बैतडीको पुर्चौडी–७ भवनेमा आएको जन्ती फर्किने क्रममा दुर्घटना भएको हो ।

Advertisement

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ घटनास्थलतर्फ प्रहरी टोली पठाइएको भए पनि हालसम्म दुर्घटनाको विस्तृत विवरण प्राप्त हुन सकेको छैन ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु