वन्यजन्तु आक्रमण रोक्न माग गर्दै स्थानीयद्वारा बर्दियामा प्रदर्सन

 

बर्दिया —बर्दियामा एकैदिन वन्यजन्तुको आक्रमणमा परी दुई जनाको ज्यान गएको विरोधमा शुक्रबार स्थानीयले जिल्ला प्रशासन कार्यालयमा प्रदर्शन गरेका छन्।

Advertisement

बिहीबार चितुवाको आक्रमणबाट गुलरिया-४ का नन्दु रोकाय र मधुवन नगरपालिका-९ की मैसरा डाँगीको मृत्यु भएको थियोे ।

पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, चितुवा मार्न पाउनुपर्नेलगायत धनजनको सुरक्षाको माग गर्दै स्थानीयले शुक्रबार प्रशासन घेराउ गरेका हुन् । उनीहरुले जिल्ला प्रशासनको मूलगेटभित्र पसेर नाराबाजी गरेका छन्।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु