अभिनेत्री प्रियंका चोपडाले आफ्ना ‘मेरी कोम’ को-स्टार सुनिल थापाको निधनमा श्रद्धाञ्जली व्यक्त गरेकी छन् ।

प्रियंका लेख्छिन् :

तपाईं सधैँ मेरो कोच भएर रहनुहुनेछ सर । बुबालाई भर्खरै गुमाउँदा तपाईंले मलाई सम्हालेर राख्नुभयो । तपाईंले मलाई माया गर्नुभयो र धेरै कठिन दिनहरूमा थाहा नपाई नै साथ दिनुभयो । तपाईंका न्यानो अंगालो र हाँसो सधैँ मेरा सम्झनामा रहनेछन् । अत्यन्तै चाँडै जानुभयो, तर कहिल्यै बिर्सिनुहुने छैन । म विचलित भएको समयमा देखाउनुभएको तपाईंको दयालुपनका लागि धन्यवाद । शान्तिमा विश्राम लिनुहोस्, सुनिल थापा ।
परिवार र प्रियजनहरूप्रति मेरो गहिरो समवेदना र प्रार्थना ।’

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु