२१ फागुन, बाँके । प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रुपमा सकिएको छ । बाँके, २१ फागुन /नेपालगन्ज उपमहानगरपालिका–७ स्थित महेन्द्र माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा किरियापुत्रीले मतदान गरेका छन् ।
नेपालगन्ज–७ निवासी दिवङ्गत ८४ वर्षीया कमल राणाका छोरा नेपाली कांग्रेस बाँकेका पुर्ब उपसभापती समेत रहनुभएका सुनिलनरसिंह राणासहित मातृ शोकमा रहेका उहाँका परिवारका सदस्यहरुसहित किरियापुत्रीले उक्त मतदान केन्द्रमा मतदान गर्नुभएको हो ।
Advertisement
यसैगरी नेपालगन्ज–६ निवासी दिवङ्गत ९६ वर्षिय रामप्यारी कुर्मीका छोरा माधवराम बर्मासहित मातृ शोकमा रहेका उहाँका परिवारका सदस्यसहितका किरिया पुत्रीले नेपालगन्ज–७ स्थित हडियाबाबा मठ केन्द्रमा मतदान गर्नुभएको उक्त केन्द्र (ख)का सहायक मतदान अधिकृत अल्का मिश्रले जानकारी दिनुभयो ।
बाँके जिल्लाका विभिन्न मतदान केन्द्रहरुमा शान्तिपुर्ण ढङ्गले विहानदेखि मतदान भईरहेको छ । सबै शान्ति व्यवस्था सुदृढका लागि नेपाल प्रहरी, शासस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरी परिचालन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बताउनुभयो ।









