नेपालगन्ज — बाँकेको बैजनाथ गाउँपालिका–५ छमनियामा जग्गा प्रयोगको विषयमा विवाद हुँदा घरमा आगजनी गरी एक महिलाको हत्या भएको छ ।
Advertisement
बैजनाथ गाउँपालिका वडा–५ छमनियाकी ५५ वर्षीया भगवनी थारुको घरमा आगजनी गरी हत्या गरिएको
इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
मंगलबार बिहान १० बजेतिर हँसिया प्रहारबाट ती महिलाको हत्या भएको हो। हँसिया प्रहरी गरी महिलाको हत्यामा संलग्न रहेका सोही ठाउँका ५५ वर्षीय सिताराम थारू पक्राउ परेका छन् । थारूले नै मृतक भगवनीका छोरा ३५ वर्षीय अर्जुन थारूलाई समेत हँसिया प्रहार गरेर गम्भीर घाइते बनाएका छ्न । टाउकोमा गम्भीर चोट लागेका अर्जुनको अहिले उपचार भइरहेको छ ।
महिलाको हत्यामा संलग्न आरोपमा सितारामलाई पक्राउ गरेर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
कोहलपुर प्रहरीका अनुसार जग्गा विवादका कारण यस्तो घटना निम्तिएको हो । मृतक भगवनी र सिताराम छिमेकी हुन् । उनीहरूबीच केही समयदेखि घरनजिकै रहेको जग्गा प्रयोगको विषयमा विवाद हुँदै आएको थियो।









