शुक्रबार लुम्बिनीमा तीव्र हावाहुरी चल्ने, सतर्कता अपनाउन अपिल

 

काठमाडौं । यही चैत ६  गते लुम्बिनी  प्रदेशमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Advertisement

हावाहुरीबाट रुख ढल्ने, कमजोर संरचना उडाउने वा विद्युत तथा सञ्चार सेवा प्रभावित हुने सम्भावना भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

विभागले आज दिउँसो सार्वजनिक गरेको सूचनामा उल्लेख भएअनुसार चैत ६ गते शुक्रबार दाङ र नेपालगञ्जसहितका लुम्बिनी प्रदेशका तराई क्षेत्रका जिल्लाहरुमा हावाहुरी चल्ने सम्भावना छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु