कटुवा पेस्तोल बरामद

धादिङ, २० कात्तिक/ थाक्रे गाउँपालिका-२ कार्की टोल बस्ने ३१ वर्षीय रञ्जन बानियाको गोठको छानोमा लुकाई राखेको एकनाले कटुवा पेस्तोल १ थान आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

अस्थायी प्रहरी पोष्ट सिम्ले र ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको संयुक्त टोलीले उक्त पेस्तोल फेला पारी बरामद गरेको हो ।
हाल फरार रञ्जनको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु