२०८२ चैत्र १६ गते (सोमबार)
दिउँसोः देशका पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा तथा मधेश प्रदेश सहित कोशी प्रदेशको तराई भू-भाग, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमको वर्षा/हिमपातको सम्भावना रहेको छ।
रातीः लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।
Advertisement









