काठमाडौं, २० कात्तिक/ सिरहा, लहान नगरपालिका-३ सप्तऋषि अस्पताल नजिक बस्ने कपिल कुमार कामैतको पूजा मेकानिकल एण्ड इलेक्ट्रिकल वर्कसप ग्यारेजमा विद्युतको तार सर्ट भई गएराति आगलागी हुँदा मेसिनरी सामानहरू, गाडीको सप्टवेयर मेसिन, स्प्रेय मेसिन, स्प्रेय पार्टस, रिन्जहरु लगायतका पार्टसहरु समेत जलेर करिब १ करोड ५० लाख रूपैयाँ बराबरको धनामल नष्ट भएको छ । साथै सोही स्थानमा मर्मतको लागि राखेको को.१ च ७०७५ नम्बरको टाटा सुमो र को.१ च ५७५६ नम्बरका कारमा समेत सामान्य क्षति भएको छ ।
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट









