ओली र लेखकलाई हाजिर जमानतमा छाड्ने निर्णय

 

 

Advertisement

काठमाडौँ — पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले हाजिर जमानतमा छाड्ने भएको छ ।

सर्वोच्च अदालतको आदेश अनुसार कसैको जिम्मा लगाएर छाड्ने निर्णयसहितको पत्र सरकारी वकिलबाट आइपुगेको काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापा कान्तिपुरलाई बताए ।

उनले भने, ‘त्यसअनुसार प्रक्रिया अघि बढाइसकेका छौं ।’

गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनका कार्यान्वयनका लागि ओली र लेखकलाइै चैत १४ गते पक्राउ गरिएको थियो।

भदौ २३ र २४ गतेको जेनजी–आन्दोलनमा लापरबाही गरेर युवाहरूको ज्यान गुमेको भन्दै उनीहरुलाई आयोगले दोषी देखाएको थियो।

गौरव पोखरेल पोखरेल राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा कान्तिपुरका लागि रिपोर्टिङ गर्छन् ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु