हात्तीबाट खेतबाली सुरक्षाका लागि मौसमी विद्युतीय तारबार

 

बर्दिया — जंगली हात्तीबाट खेतीबालीसँगै मानवबस्तीमा क्षति रोक्न बर्दियाको मधुवन नगरपालिका(२ रजवरामा विद्युतीय तार जडान भएपछि यस क्षेत्रमा जंगली हात्तीबाट हुने बालीनाली क्षति न्यूनिकरण भएको छ । बाँसको पोल, पीभीसी पाइपको इन्सुलेटर र जीआई तार प्रयोग गरी करिब ५ कीमी मध्यवर्तीक्षेत्रको वन सिमानामा तारबार लगाइएको छ । गत साउन महिनामा जडान गरिएको विद्युतीय तार जडान भएका कारण यस वर्ष हात्तीले क्षति नपुर्‍याएको स्थानीय बताउँछन् ।

Advertisement

मधुवन नपा, डिभिजन वन कार्यालय, बर्दिया निकुञ्ज, खाता जैविक समन्वय समिति र उज्यालो नेपालको सहकार्यमा क्याम्पास फिल्मस फ्रान्स मार्फत यूएस फिस एण्ड वाइलाइफ सर्भिसको आर्थिक सहयोगमा मधुवन २ रजवारामा मौसमी विद्युतीय तारबार लगाइएको हो । यो प्रविधी सस्तो, सजिलो र प्रभावकारी भएकोले खेतीको समयमा सानो समूहमा किसान मिलेर विद्युतीय तारबार जडान गर्ने र खेती पाकेपछि झिकेर पुनः अर्को खेतमा प्रयोग गर्न सकिने स्थानीय बडघर वीरबहादुर थारुले बताए ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु