काठमाडौँ । धादिङ र बागलुङमा भएको छुटटाछुटटै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार धादिङको निलकण्ठ नगरपालिका ९ तिनघरेमा पाल्पा भञ्ज्याङबाट धादिङबेशीतर्फ आउँदै गरेको बा.प्र.०२.००४ प ४०७६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ४६ वर्षीय राम बहादुर मगरको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल धादिङबेशीमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पताल हुँदै थप उपचारको लागि मेडिकेयर अस्पताल चाबहिल पठाइएको छ ।
Advertisement
यता बागलुङको ढोरपाटन नगरपालिका(२ मलकटिबाङस्थित सडकमा भिमगिठ्ठेबाट बुर्तिबाङतर्फ जाँदै गरेको ध।१ज ९९४ नम्बरको ट्याक्सी सोमबार राति दुर्घटना हुँदा चालक ढोरपाटन नगरपालिका(२ पाखुटे बस्ने २८ वर्षीय होम बहादुर पुन र ट्याक्सीमा सवार बडिगाड गाउँपालिका(६ छिसफाट बस्ने ३२ वर्षीय अस्विन परियारको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ









