सिराहाबाट पेस्तोलसहित ३ जना पक्राउ

 

जनकपुरधाम । सशस्त्र प्रहरीले सोमबार साँझ सिराहाको लहान नगरपालिका १ सिङ्गराहीमा सशस्त्रको टालीले चेकजाँच गर्ने क्रममा स९प ४९७१ यमहा सोलुटो मोटर साइकलमा सवार तीनजनालाई ९ एमएमको पेस्तोलसहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरीको सुरुङ्गा नगरपालिका ८ का ३२ वर्षीय अनिल राम, सुरुङ्गा( ५ का ३० वर्षीय जिबान्नद चौधरी र सप्तरीकै खड्क नगरपालिका(४ का ३५ वर्षीय कासंजयप्रसाद चौधरी रहेका छन् ।

Advertisement

उनीहरूको साथबाट ९ एमएमको एउटा पेस्तोल, एउटा म्याग्जिन, २ थान गोली, नगद एक लाख ८४ हजार २५३ रुपैयाँ, चार थान मोबाइल सेट र विभिन्न कम्पनीको ४ लाख ६४ हजार ५ सय मूल्य बराबरको रिचार्ज कार्ड बरामद भएको डिआइजी साहले बताए ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु