बंगलादेशका कप्तान शकिब अल हसन विश्वकपबाट बाहिरिए

काठमाडौं ।  बायाँ हातको औंला भाँचिएपछि बंगलादेशका कप्तान शकिब अल हसन विश्वकप क्रिकेट २०२३ बाट बाहिरिएका छन्।  उनी आज ढाका फर्कने छन्। शकिबको स्थानमा ब्याटर अनामुल हकले खेल्नेछन्।

साकिब सोमबार दिल्लीमा श्रीलंकाविरुद्धको ८२ रनको इनिङ्स खेल्दा घाइते भएका थिए। फिजियो बेजेदुल इस्लाम खानका अनुसार शाकिबलाई ब्याटिङ गर्दा चोट लागेको थियो।

Advertisement

उनी तीनदेखि चार हप्तामा मैदान फर्किने अनुमान गरिएको छ।

हिजो श्रीलंका विरुद्ध बंगलादेशको तीन विकेटको जितमा शकिबले टाइम आउट अपील गरेका थिए जसको परिणामस्वरूप एन्जेलो म्याथ्युज अन्तर्राष्ट्रिय क्रिकेटमा टाइमआउट हुने पहिलो ब्याट्सम्यान बनेका थिए। म्याथ्युजले हेलमेटको लोताका कारण दुई मिनेटभन्दा बढी समय ब्याटिङमा लागि तयार हुन लगाएपछि शकिबले अपील गरेका थिए।

बंगलादेशले यस विश्वकपमा आफ्ना आठ खेलमध्ये छ हारेको छ, जसले सेमिफाइनलको प्रतिस्पर्धाबाट बाहिरिएको छ। तर बंगलादेशको सन् २०२५ च्याम्पियन्स ट्रफीका लागि छनोट हुने आशा छ। शीर्ष आठमा परे च्याम्पिन्यस ट्रफीमा स्थान पक्का हुनेछ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु