भदौ २४,बीबीसी । मोरोक्कोमा गएको शक्तिशाली भूकम्पमा परेर ज्यान गुमाउने मानिसहरूको सङ्ख्या २,००० नाघेको छ र त्यत्ति नै सङ्ख्यामा मानिसहरू घाइते भएको अधिकारिहरूले बताएका छन्।
गम्भीर रुपमा घाइते भएकाहरूको सङ्ख्या १,४०० भन्दा धेरै रहेको आन्तरिक मन्त्रालयले जनाएको छ। सबैभन्दा बढी मानवीय क्षति माराकेशको दक्षिणमा रहेको प्रान्तमा भएको छ।
राजा महम्मद छैठौँले तीन दिनको राष्ट्रिय शोक घोषणा गरेका छन् र आवास, खानेकुरा र अरू सहयोगहरू मानिसहरूलाई उपलब्ध गराउन आदेश दिएका छन्।
धेरै मानिसहरूले दोस्रो रात पनि आकाशमुनी बिताइरहेका छन्। शुक्रवार राति गएको ६.८ म्याग्निट्यूडको भूकम्पले माराकेश र धेरै शहरहरुमा असर गरेको थियो। दुर्गम पहाडी इलाकामा पुरै गाउँहरू नै ध्वस्त भएका विवरण आएका छन्।
प्रतिक्रिया दिनूहोस्