लागु औषधसहित बाँकेमा दुई जना पक्राउ

बाँके । बैजनाथ गाउँपालिका ६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ३० मिलिग्रामसहित खजुरा गाउँपालिका ८ बस्ने १९ वर्षीय समिर खान र २३ वर्षीय हरण सेखलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले भे १२ प २०२२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु